Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • घटस्थापनाअघि नै सडक ममर्त गरिसक्न सडक विभागलाई सरकारको निर्देशन

    घटस्थापनाअघि नै सडक ममर्त गरिसक्न सडक विभागलाई सरकारको निर्देशन

    अनलाइन नेपाल
  • शनिबार, ५ असोज २०८१
  • 186
    SHARES

    काठमाडौं । चाडपर्व लक्षित गरी सडक मर्मत र अग्रिम टिकट बुकिङबारे सरोकारवालबीच छलफल भएको छ ।

    सरकार र यातायात व्यवसायीबीच भएको छलफलमा घटस्थापना अगाडि नै बिग्रिएका सडक मर्मत गरिसक्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको हो ।



    छलफलमा यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट बुकिङ तत्काल खुलाउने सहमति पनि भएको छ । तर, भाडा समायोजन भने छठपछि मात्रै गर्ने सहमति भएको छ ।



    यसका साथै यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्यस्थल तर्फ जाने गरी व्यवस्था गर्ने पनि निर्णय गरिएको छ ।

    यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनको विषयमा तत्काल गर्न सकिने विषयहरूको सम्बोधन गर्न विभागलाई निर्देशन दिने, यातायात व्यवस्थासँग सम्बन्धित अदालतबाट भएका आदेशरफैसला कार्यान्वयनका लागि एक महिनाभित्र कार्ययोजना तयारी गरी पेश गर्ने निर्णय पनि भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार