Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • एमाले महासचिव पोखरेल भन्छन् – रविले कमजोरी स्वीकार्नुको साटो ‘क्लिन चिट’को हल्ला चलाए

    एमाले महासचिव पोखरेल भन्छन् – रविले कमजोरी स्वीकार्नुको साटो ‘क्लिन चिट’को हल्ला चलाए

    अनलाइन नेपाल
  • शनिबार, ५ असोज २०८१
  • 114
    SHARES

    घोराही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘क्लिन चिट’ पाए भनेर हल्ला गर्नु उचित नभएको बताएका छन ।

    प्रेस चौतारी दाङले गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।



    महासचिव पोखरेलले भने,‘अनुसन्धानको प्रक्रियामा सामेल हुनुपर्ने व्यक्तिले अनुसन्धानलाई प्रभाव पार्नेगरी आफ्ना भनाइ राख्न थाले । सहकारीको रकम असुरक्षित गर्नेहरुलाई दण्डित गरिनुपर्छ ।’



    लामिछानेले कमजोरी स्वीकार्नु पर्ने ठाउँमा उल्टै ‘क्लिन चिट’ पाएको हल्ला गर्नु उचित नभएको महासचिव पोखरेलको भनाई छ ।

    उनले सहकारी रकम अपचलन मुद्दा अनुसन्धानको प्रक्रियालाई प्रभाव पार्नेगरी लामिछानेले क्लिन चिटको हल्ला चलाउनु उचित नभएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार