Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • राजापाक्षे भागेपछि श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान

    राजापाक्षे भागेपछि श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान

    अनलाइन नेपाल
  • शनिबार, ५ असोज २०८१
  • 147
    SHARES

    एजेन्सी । श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान भइरहेको छ ।

    त्यहाँ सन् २०२२ मा भएको आन्दोलनपछि नयाँ राष्ट्रपति चुन्न आज मतदान भएको हो ।



    राष्ट्रपतिको प्रतिस्पर्धामा वर्तमान कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेसहित नेशनल पिपुल्स पावर (एनपीपी) का अध्यक्ष अनुरा कुमारा दिसानायके, विपक्षी नेता सजित प्रेमदासा, पूर्वराष्ट्रपति महिन्दा राजापाक्षका छोरा नमललगायत प्रतिपर्धामा रहेका छन् ।



    यो मतदानलाई आर्थिक सुधारको जनमत संग्रहको रूपमा लिइएको बताइएको छ ।

    यसअघि सन् २०१९ को नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा गोटाबाया राजापाक्षे विजयी भएका थिए । तर २०२२ मा सबैभन्दा खराब आर्थिक सङ्कटका कारण चर्को आन्दोलन भएपछि राजापाक्षेले देश छोडेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार