Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • बेरुतमा इजरायलले हवाई आक्रमण गर्दा शीर्ष हिजबुल्लाह कमाण्डर मारिए

    बेरुतमा इजरायलले हवाई आक्रमण गर्दा शीर्ष हिजबुल्लाह कमाण्डर मारिए

    अनलाइन नेपाल
  • शनिबार, ५ असोज २०८१
  • 117
    SHARES

    एजेन्सी । लेबनानको राजधानी बेरुतमा शुक्रबार इजरायलले हवाई आक्रमण गरेको छ ।

    सो हमलामा एक शीर्ष हिजबुल्लाह सैन्य कमाण्डर मारिएको दाबी गरिएको छ ।



    हिजबुल्लाहले इब्राहिम अकिलको मृत्युको पुष्टि गरेपछि इजरायलले उनी आक्रमणमा मारिएका धेरै हिजबुल्लाह नेताहरू मध्ये एक रहेको बताएको हो । जसले ठुलो युद्धको डर थपेको छ ।



    यसअघि, लेबनानी अधिकारीहरूले इरानसमर्थित समूहको गढ रहेको सहरको दक्षिणी दहेह क्षेत्रमा भएको आक्रमणमा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार