Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बेलायत प्रस्थान

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बेलायत प्रस्थान

    अनलाइन नेपाल
  • शनिबार, ५ असोज २०८१
  • 120
    SHARES

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बेलायत प्रस्थान गरेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज, पानस युकेको निमन्त्रणामा उनी शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    अध्यक्ष लिङ्देनले लण्डन र स्कटल्याण्डमा पानस युकेको आयोजनामा हुने छलफल र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।



    साथै, विभिन्न नेपाली संघसंस्थाद्वारा आयोजना हुने स्वागत तथा नेपाली समुदायसँग हुने छलफलमा सहभागी हुने बताइएको छ ।



    अध्यक्ष लिङ्देनको भ्रमण टोलीमा उनको धर्मपत्नी सीता थापा लिङ्देन, प्रमुख सचेतक, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य, प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजंग कार्की छन् ।

    अध्यक्ष लिङ्देन असोज १० गते स्वदेश फर्किने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार