Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • करातेकी एरिका अर्को ऐतिहासिक पदक नजिक

    करातेकी एरिका अर्को ऐतिहासिक पदक नजिक

    अनलाइन नेपाल
  • शनिबार, ५ असोज २०८१
  • 174
    SHARES

    काठमाडौं । करातेकी एरिका गुरुङले अर्को इतिहास रचेकी छन् ।

    गएको वर्ष १९ औं एसियाली खेलकुदमा रजत जितेकी एरिका २० औं एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुगेर इतिहास रचेकी हुन् । उनले कम्तीमा रजत पदक पक्का गरेकी छन् ।



    नेपाली खेलाडी एसियन च्याम्पियनसिपको फाइनलमा पुगेको यो पहिलो पटक हो । एरिकाले प्रि–क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४–० ले हराइन् ।



    महिला ६८ किलोमाथि तौलसमूहमा हिजो भएको सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई ८–० अङ्कले हराउँदै एरिका फाइनल पुग्न सफल भइन् ।

    एरिकाले भोलि फाइनल खेल्नेछिन् । गएको वर्ष एसियाडको फाइनलमा काजकिस्तानकी सोफ्या बेर्लुत्सेभासँग पराजित एरिकाले यसपटक उनलाई क्वाटरफाइनलमा हराइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार