Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • यस वर्ष दसैँको टिकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

    यस वर्ष दसैँको टिकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असोज २०८१
  • 81
    SHARES

    काठमाडौं । यस वर्षको दसैँको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा उत्तम रहेको छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार त्यसदिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने छ ।



    असोज १७ गते बिहीबार घटस्थापना दिन बिहान ९ बजेर १६ मिनेटमा जमरा राखिने साइत रहेको समितिले जनाएको छ । असोज २४ गते बिहान ७ः११ बजे फुलपाती भित्र्याउने साइत रहेको छ ।



    यस वर्ष महाष्टमी र महानवमी एकै दिन असोज २५ गते परेको छ भने सरकारी कार्यालयमा झण्डा फेर्न असोज १८ गते ९ः५४ बजेको साइत रहेको समितिले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार