Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए प्रमुख प्रशासकीय अधिकृत परियार

    बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए प्रमुख प्रशासकीय अधिकृत परियार

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असोज २०८१
  • 177
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सहसचिव प्रदीप परियारलाई बिदाइ गरिएको छ ।

    शुक्रबार नगर प्रमुख बालेन शाहले एक कार्यक्रमकाबीच सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत परियारको बिदाइ गरेका हुन् ।



    महानगरमा ७ महिना २५ दिन प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका परियारले ‘प्रमुख प्रशासकीय अधिकृतको प्रगति प्रतिवेदन’ बुझाएर बिदाइ भए ।



    मन्त्रिपरिषद्‌ बैठकले परियारलाई २०८० माघ ३ गते काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेको थियो ।
    महानगरका प्रशासकीय अधिकृत परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । अब काठमाडौं महानगरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सरोजप्रसाद गुरागाईं हाकिम बनेर जाने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार