Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा दशपल्लेपानी माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

    सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा दशपल्लेपानी माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असोज २०८१
  • 204
    SHARES

    अछाम । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साँफेबगर उपशाखाले अछामको चौरपाटी गाउँपालिका-२ स्थित दशपल्लेपानी माविमा शैक्षिक सामाग्री वितरण गरेको छ ।

    सातौं वार्षिक उत्सवको अवसरमा शुक्रबार इन्स्योरेन्सले एक कार्यक्रमकाबीच ५० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई कापी र कलम वितरण गरेको हो ।



    वडा नम्बर २ का अध्यक्ष रण बहादुर साउदको उपस्थितीमा छात्र/छात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको बताइएको छ ।



    यस्तै शैक्षिक सामाग्री वितरण कार्यक्रममा अध्यक्ष रण बहादुरसहित निमित्त प्रअ शिव बहादुर ऐडी, साँफेबगर उपशाखा प्रमुख भोज बहादुर बोहरा, इन्स्योरेन्स कम्पनीका मार्केटिङ् म्यानेजर निर्माण साउँद लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

    साथै शैक्षिक सामाग्री वितरण कार्यक्रममा जीवन वीमाको महत्व तथा सुविधाको बारेमा पनि चर्चा गरिएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार