Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • दशैं सुरु नहुँदै कोहलपुरमा करोडसम्मको जुवा

    दशैं सुरु नहुँदै कोहलपुरमा करोडसम्मको जुवा

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असोज २०८१
  • 144
    SHARES

    फाइल तस्विर

    बाँके । कोहलपुरमा दशैं सुरु नहुँदै जुवाका खाल बढेका छन् । दैनिक एक करोडसम्म हारजित हुने जुवाखाल सञ्चालन भइरहेको र यसमा प्रहरीकै मिलेमतो रहेको स्थानीयको दाबी छ ।

    जुवा खेलाउनेमध्ये एक सन्तोष बुढाथोकी (गोरे) हुन् । उनले आफ्नै घरमा जुवा खेलाउने गरेका आरोप छ ।



    त्यस्तै, उमेशजंग ठकुरी, शिशिर गिरी, चिन्तन शाह, राजु शाही, कृष्णराज बंशी लगायतले ठूला जुवा चलाउँदै आएका छन् । उनीहरुले होटल तथा भाडामा घरमा जुवा खेलाउने गरेका छन् ।



    जुवामा इप्रका कोहलपुरका घुमुवाहरु इन्द्रबहादुर शाही, जितेन्द्र केसी देवकोटा, मानबहादुर हमाल लगायतसँग सेटिङ रहेको स्रोत बताउँछ । उनीहरुले बाँकेका एसपी तुलबहादुर कार्कीसँग समेत निकटस्थ सम्बन्ध बनाएका छन् ।

    प्रहरीमा सेटिङ मिलाएर जुवा चलाइएको भन्दै उनीहरुले बुटवलदेखिका जुवाडे बोलाएर खेलाउने गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार