Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • माधव भन्छन् – पार्टीकै नेताबाट निराशा पैदा भयो, अराजक गतिविधिलाई छुट दिन सकिन्नँ

    माधव भन्छन् – पार्टीकै नेताबाट निराशा पैदा भयो, अराजक गतिविधिलाई छुट दिन सकिन्नँ

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असोज २०८१
  • 132
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्रको अराजक गतिविधिलाई छुट दिन नसक्ने बताएका छन् ।

    पार्टीको वाग्मती प्रदेश कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको दशौँ राष्ट्रिय महाधिवेशनको सन्देशसभा विषयक कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



    उनले पार्टीकै नेता तथा कार्यकर्ताबाट नै पार्टीप्रति निराशा पैदा गर्ने काम भएको भन्दै पार्टीभित्रको अराजक गतिविधिलाई छुट नदिने स्पष्ट पारे ।



    महाधिवेशनमा पराजय भएका कारण पार्टीका केही नेताहरूको गम्भीर अभिव्यक्ति बाहिर आएको र त्यसले तरंग नै पैदा गरेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार