Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सहकारी ठगीमा कांग्रेस उपसभापति गुरुङलाई कारबाही गर्न छानबिन समितिको निर्देशन

    सहकारी ठगीमा कांग्रेस उपसभापति गुरुङलाई कारबाही गर्न छानबिन समितिको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असोज २०८१
  • 264
    SHARES

    काठमाडौं । सहकारी ठगीसम्बन्धी छानबिन गर्न बनेको संसदीय समितिले कांग्रेस उपसभापति धनराज गुरुङमाथि कानुनी कारबाही गर्न निर्देशन दिएको छ ।

    मितेरी बचत तथा ऋण सहकारीको बचत रकम हिनामिनाप्रकरणमा उपसभापति गुरुङमाथि थप अनुसन्धान गर्न निर्देशन दिएको हो ।



    कांग्रेस उपसभापति गुरुङले सम्बन्ध विच्छेद गरेकी ज्योति गुरुङसँग मितेरी सहकारीको बचत रकम हिनामिना गरेको उजुरीको आधारमा कारबाही गर्न संसदीय छानबिन समितिले निर्देशन दिएको छ ।



    सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धनमा संसदीय छानबिन समितिको प्रतिवेदनमा समस्याग्रस्त कतिपय सहकारीमा संस्थागत नक्कली अभ्यास गरको उल्लेख गर्दै छानबिनका लागि निर्देशन दिएको उल्लेख छ ।

    प्रतिवेदमा सहकारीकै कारण कतिपयले नक्कली विवाहसमेत गर्ने गरेका चर्चा गरिएको छ ।

    मितेरी बचत तथा ऋण सहकारीमा कार्यरत ज्योति गुरुङले पति धनराज गुरुङसँग सम्बन्ध बिच्छेद गरेर पनि एकसाथमै बस्ने गरेको चर्चा रहेको प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदनमा ज्योति गुरूङ र धनराज गुरूङ समेतका उपर प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, हेटौंडामा उजुरी परी केन्द्रीय अनुसन्धान ब्युरोमा आएकोमा समितिले सो सम्बन्धमा थप अनुसन्धान गरी शिघ्र कानुनी कारबाही अगाडि बढाउन समितिले निर्देशन दिएको छ ।

    यसअघि समितिले ज्योति गुरुङलाई खोजी गरी समितिसमक्ष उपलब्ध गराइदिन गृह मन्त्रालयमा पत्राचार गरिसकेको प्रतिवेदनमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार