Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • रमणीय बस्ती टोल विकास संस्थाको तेस्रो वार्षिक साधरणसभा सम्पन्न

    रमणीय बस्ती टोल विकास संस्थाको तेस्रो वार्षिक साधरणसभा सम्पन्न

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असोज २०८१
  • 36
    SHARES

    ललितपुर । महालक्ष्मी नगरपालिकाको वडा नं. ४ इमाडोलमा रहेको रमणीय बस्ती टोल विकास संस्थाले आफ्नो तेस्रो वार्षिक साधरणसभा सम्पन्न गरेको छ । जीवन योग प्रयोगशालाको सभा हलमा गत साता सम्पन्न साधरणसभाले नयाँ कार्यसमित समेत चयन गरेको छ ।

    नयाँ कार्यसमितिको अध्यक्षमा कृष्णप्रसाद लम्साल, उपाध्यक्षमा संगीता अधिकारी, सचिवमा विदुर गौतम (मिलन), सहसचिवमा महेन्द्र प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा सुरेश कुमार भट्ट र सहकोषाध्यक्षमा सृजना खड्का चयन भएका छन् ।



    त्यसैगरी सदस्यहरुमा क्रमश शिवप्रसाद घिमिरे, रघुनाथ खड्का, सुर्य नारायण यादव, पुर्वकन्या उपाध्यय र रामबाबु शाह चयन भएका छन् । संस्थाको सल्लाहकारमा भने भुषण जोशीलाई चयन गरिएको छ ।



    रमणीय बस्ती टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न साधरण सभामा प्रमुख अतिथिको रुपमा महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जनको उपस्थिति रहेको थियो । साधरण सभामा टोलका अधिकांश व्यक्तिहरुको सहभागिता रहेको थियो ।

    संस्थाकी उपाध्यक्ष संगिता अधिकारीले सञ्चालन गरेको कार्यक्रममा संस्थाकी सदस्य श्रृजना खड्काले स्वागत मन्तव्य राखेकी थिइन् ।

    कार्यक्रममा अधिवक्ता समेत रहेकी रमणीय बस्ती टोल विकास संस्थाकी पूर्व उपाध्यक्ष पूर्णिमा भट्ट जोशी, जीवन योग प्रयोगशालाका योग प्रशिक्षक केदार उप्रेती, संस्थाका सल्लाहकार भुषण जोशी, भरत पराजुली, त्रिलोचन पोखरेलगायतको उपस्थिति थियो ।

    साधरणसभामा संस्थाकी कोषाध्यक्ष रीता थापा देउजाले तीन वर्षको आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् । आर्थिक प्रतिवेदन पेश गर्दै संस्था घाटामा रहेको बताएकी देउजाले नाफा कमाउने भन्दा पनि टोलको विकास गर्ने लक्ष्यका साथ संस्था स्थापना गरेको जानकारी गराइन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रमुख लक्ष्मी महर्जनले कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै नगरपालिका र आफ्नो व्यक्तिगत तर्फबाट संस्थाको उत्तरोत्तर प्रगतिको कामना समेत व्यक्त गरेकी थिइन् ।

    स्थानीय तहमा टोल सुधार समितिको विशेष भूमिका रहेको बताउँदै उनले संस्थाको निरन्तरताको कामना समेत व्यक्त गरिन् । महालक्ष्मी नगरपालिकाका वडा नं. १ देखि ५ सम्म खानेपानीको समस्या रहेकोबारे आफू पनि जानकार भएको बताउँदै उनले त्यसका लागि आवाश्यक कदम चाल्न नगरपालिका तयार रहेको बताइन् ।

    उपप्रमुख महर्जनले खानेपानी समस्या समाधानका लागि नगरपालिकाका मेयरदेखि वडाध्यक्ष र टोल सुधार समितिका पदाधिकारीहरुसँग समन्वय गरेर अगाडि बढिरहेको जानकारी गराइन् ।

    टोल सुधार समितिका पदाधिकारी र जनप्रतिनिधिहरुबीचको समन्वय कम भएको स्वीकार्दै उनले आगामी दिनमा सँगसँगै मिलेर अगाडि बढ्ने वचनवद्धता व्यक्त गरिन् ।

    कार्यक्रममा बोल्दै उनले टोलको विकासका लागि टोल सुधार समितिको सिफारिस लिएर आएमा नगरपालिका सहयोग गर्न तत्पर रहेको समेत बताइन् ।

    कार्यक्रममा रमणीय बस्ती टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद लम्सालले संस्थाको सांगठानिक प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष लम्सालले टोलको विकास तथा उन्नतीका लागि विधिवत रुपमा संस्था दर्ता गराएको बताए ।

    ‘सभ्य तथा विकसित समाज, स्वच्छ वातावरण हाम्रो अभियान’ भन्ने मुल नाराका साथ स्थापना भएको संस्थाले टोलको सडकमा रहेको अनावश्यक पोल तथा अव्यवस्थित तारहरुलाई व्यवस्थापन गर्नेदेखि टोलमा रहेको सम्पूर्ण सडकमा बत्ति जडान गरेको अध्यक्ष लम्सालले बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार