Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • छानबिन समितिमा रविको बयान : सहकारीबाट भएको गैरकानूनी ऋण प्रवाहमा मेरो संलग्नता छैन्

    छानबिन समितिमा रविको बयान : सहकारीबाट भएको गैरकानूनी ऋण प्रवाहमा मेरो संलग्नता छैन्

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असोज २०८१
  • 81
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीबाट गैरकानूनी ऋण प्रवाहमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् ।

    सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको बयानको क्रममा सभापति लामिछानेले यस्तो बताएका हुन् ।



    आफूले सहकारीबाट एक पैसा पनि नलिएको भन्दै उनले आफू निर्दोष रहेको संसदीय छानबिन समितिमा बयान दिएको छन् ।



    उनले आफूले समाचार पक्षको जिम्मेवारी हेर्नेगरी ग्यालेक्सी टीभीमा काम गरेको भन्दै आर्थिक पाटो थाहा नभएको बताएका छन् ।

    समितिको बयानमा सभापति लामिछानेले भनेका छन्, ‘मेरो बुझाइमा व्यक्ति र संस्थाबाट आएको सम्पूर्ण रकम जीबी राईले ल्याएको रकम हो । यी सम्पूर्ण रकमहरू तत्-तत्‌ संस्थाहरूबाट ल्याउँदा आवश्यक प्रक्रिया पूरा गरेको बुझ्नुपर्छ । जीबी राई स्वयम् उल्लिखित संस्थाहरूमा संलग्नै रहेको र गोरखा मिडिया नेटवर्क प्रालिको पनि कार्यकारी अध्यक्ष भएको हुँदा र कम्पनीको सम्पूर्ण कारोबार निजले नै हेर्ने भएको हुँदा यस विषयमा मलाई जानकारी छैन ।’

    बयानमा समितिले सभापति लामिछानेलाई गरेको प्रश्नमा रविले भने आफ्नो कुनै पनि सहकारीमा सदस्यता नभएको र ऋण नलिएको बताएका छन्।

    सभापति लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा र सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा कुनै पनि सदस्यता नरहेको बताएको छानबिन समितिको प्रतिवेदमा उल्लेख छ ।

    सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लामिछानेले नाममा दुई करोड ऋण खडा गरी गोरखा मिडिया नेटवर्कमा पठाइएको कुरा के हो भन्ने प्रश्नमा लामिछानेले ऋण लिँदा पुर्‍याउनु पर्ने पक्रिया नपुगेको र उक्त ऋण लिएको व्यक्ति आफू नभएको उनले बताएका छन्।

    सभापति लामिछानेले आफू र छविलाल जोशी नेपाल बैंक लिमिटेड न्यूरोड शाखामा ऋण लिने प्रक्रियामा जाँदा नेपाल बैंकले करिब २५ करोड दिन सहमत भएको उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार