Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • गोदाम नै राखेर उपत्यकामा लागूऔषधको कारोबार, ट्रामाडोलसहित चार जना पक्राउ

    गोदाम नै राखेर उपत्यकामा लागूऔषधको कारोबार, ट्रामाडोलसहित चार जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असोज २०८१
  • 243
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले लागुऔषध बिक्री गर्न राखिएको गोदाममा छापा मारेको छ ।

    उपत्यकामा बिक्रीका लागि राखिएको गोदममा ब्यूरोको कोटेश्वर टोलीले छापा हानेको हो ।



    उक्त गोदामबाट ब्यूरोले ठूलो मात्रामा लागूऔषधका ट्रामाडोलसहित चार जनालाई पक्राउ गरेको छ ।



    ट्रामाडोल बिक्री गर्ने गरेको सूचनाको आधारमा प्रहरीले उक्त गोदाममा छापा मारेको थियो ।

    ब्यूरो स्रोतका अनुसार पक्राउ परेका आरोपीले उपत्यकामा बिक्रीका लागि गोदाम नै राखेका थिए ।

    पक्राउ परेकाहरुलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने ब्यूरोले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार