Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • ५० लाख काण्डमा मुछिएका कवारीलाई पर्साको सिडिओ बनाउने तयारी

    ५० लाख काण्डमा मुछिएका कवारीलाई पर्साको सिडिओ बनाउने तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असोज २०८१
  • 528
    SHARES

    काठमाडौं । किस्ता–किस्तामा सिडिओको सरुवा गरिरहेको गृह मन्त्रालयले ललितपुर, भक्तपुर तथा तराईका जिल्लामा सिडिओको सरुवा गर्न सकेको छैन ।

    सरुवामा तिव्र चलखेल हुँदा नियमित सरुवा समेत प्रभावित बनेको छ ।



    केही बदनाम कर्मचारीहरु शक्तिकेन्द्र धाएर तराईका जिल्लामा सिडिओ बन्न खोजेपछि सरुवामा ढिलाई भएको मन्त्रालयका एक अधिकारी बताउँछन् ।



    त्यसमध्ये एक हुन् सहसचिव लालबाबु कवारी । जो चलखेलका आधारमा तराईको महत्वपूर्ण जिल्लामा जाने योजनामा छन् । तर, विवादास्पद र भ्रष्ट छवी भएका उनलाई सिडिओ बनाउन नहुने दबाब गृह प्रशासनमाथि छ।

    तीन वर्षअघि सिराहाको सिडिओ हुँदा उनी ५० लाख घुसकाण्डमा मुछिएका थिए । सोही कारण त्यसपछि उनको गोरखामा भएको सरुवा समेत रद्द भएको थियो ।

    एक सशस्त्र समूहले कब्जा गरेको जग्गा खाली गराउन उनले घुस मागेका थिए । त्यससम्बन्धि अडियो नै पुगेपछि गृह मन्त्रालयले छानविन गरेको थियो । जसमा उनी दोषी देखिएका थिए ।

    उनै कवारी अहिले पर्सा जान भनेर लबिइङमा लागेका छन् । स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकमाथि समेत उच्च तहबाट कवारीको नाम सिफारिस भएको छ । यसमा आर्थिक चलखेलको समेत आशंका गरिएको छ ।

    कवारी उपसचिव हुँदा २० लाख घुसकाण्डमा मुछिएका कर्मचारी हुन् । कम्पनी रजिष्ट्रारको कार्यालयमा हुँदा उनले २० लाख घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

    अदालतबाट सफाई पाएपछि पनि उनले आकर्षक जिम्मेवारी पाउँदै आएका छन् । हाल गृह मन्त्रालयको अतिरिक्त समूहमा रहेका उनी पर्सा वा चितवनको सिडिओ हुने चलखेलमा छन् ।

    तर, आफु बदनाम हुनसक्ने भएकाले गृहमन्त्री लेखकले निर्णय गर्न सकेका छैनन् । गृह मन्त्रालयले सहसचिवको दरबन्दी रहेका करिब २० जिल्लामा सिडिओ हेरफेरको तयारी गरिरहेको छ ।

    सिडिओ बन्न गृहमा सहसचिवहरु प्रतिक्षामा छन् । जसमा बासुदेव घिमिरे, रमेश ढकाल छन् ।

    त्यस्तै गत साता मात्र गृहमा सरुवा भएका सहसचिवहरु सुमन घिमिरे, श्यामकृष्ण थापा, उमेश ढकाल, प्रकाश पौडेल र गोविन्द रिजाल पनि सिडिओमा जाने प्रतिस्पर्धामा छन् ।

    पर्साका सिडिओ दिनेश सागर भुसाल भने चितवन जान कांग्रेस नेताहरुको चाकडीमा लागेको स्रोत बताउँछ ।

    उनी यसअघि नारायणकाजी श्रेष्ठ गृहमन्त्री छँदा गोरखाको सिडिओ हुँदै कमाउमा आर्कषक जिल्ला पर्साको सिडिओ बन्न सफल भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार