Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सिमानाबाट लागूऔषधसहित दुईजना पक्राउ

    सिमानाबाट लागूऔषधसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असोज २०८१
  • 123
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।

    जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकी स्थित नेपाल भारत सिमानाबाट भीमदत्त नगरपालिका–३ बस्ने ३० वर्षीय टेकेन्द्र भट्ट र भीमदत्त नगरपालिका–६ बस्ने ३० वर्षीय गणेश पाण्डेय पक्राउ परेका हुन् ।



    दुबै जनालाई ० दशमलव ९५ ग्राम लागुऔषध (खैरो हिरोइन) र पुरोक्सोइन स्पास लेखिएको ११ वटा क्याप्सुलसहित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागू औषध नियन्त्रण ब्युरो शाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहीवार नियन्त्रणमा लिएको हो ।



    उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार