Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • अवैध लागूऔषधसहित तीन जना पक्राउ

    अवैध लागूऔषधसहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ३ असोज २०८१
  • 78
    SHARES

    फाइल तस्विर

    कैलाली । अवैध लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट १ ग्राम ७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २७ वर्षीया राममति राना र २२ वर्षीया करिना राना रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पर्दाथ सहित पक्राउ गरेको हो ।

    त्यस्तै, सर्लाही प्रहरीले हरिवन नगरपालिका ३ डाबरी टोल बस्ने ४० वर्षीया शान्ती माया थिङ्लाई ३ किलो ७ सय ९० ग्राम गाँजासहित पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनको घर र पसल तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार