Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • कांग्रेस सभापति देउवा रिसाएकै दिन वर्तमान सरकार ढल्ने रविको दाबी

    कांग्रेस सभापति देउवा रिसाएकै दिन वर्तमान सरकार ढल्ने रविको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, ३ असोज २०८१
  • 336
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवा रिसाएकै दिन वर्तमान सरकार ढल्ने दाबी गरेका छन् ।

    संविधान दिवसको अवसरमा रास्वपाले आयोजना गरेको संविधान मन्थन कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन्।



    सभापति लामिछानेले कांग्रेस सभापति देउवा रिसाएपछि दुई तिहाइको सरकार ढल्ने टिप्पणी गरे। उनले दुई तिहाइको सरकारको प्राथमिकता अझै स्पष्ट नभएको बताए।



    जनताका प्राथमिकता र सरकारका प्राथमिकता मेल नखाउँदा जनता निराशा छाएको सभापति लामिछानेको भनाई छ ।

    सभापति लामिछानेले निर्वाचन प्रणाली महँगो भएको र यसबाट संसदमा थोरै मात्र इमानदार प्रतिनिधिहरू आउने उल्लेख गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार