Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • स्वस्तिमा स्टारर फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक

    स्वस्तिमा स्टारर फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक

    अनलाइन नेपाल
  • बिहिबार, ३ असोज २०८१
  • 60
    SHARES

    काठमाडौं । फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक भएको छ ।

    स्वस्तिमा खड्का र निश्चल बस्नेतको शीर्ष भूमिका रहेको सोसल ड्रामा फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक भएको हो ।



    फिल्मको शीर्ष भूमिकामा स्वस्तिमाले अभिनय गरेकी छन् । निश्चल र स्वस्तिमासहित विजय बराल, बसुन्धरा भुषाल, रक्षा थापा, लोकेन्द्र लेखक, आमिर गौतम, सिरु विष्ट, सिम्रन खड्का, शिशिर शिवाकोटी लगायतको अभिनय यसमा छ ।



    साजन काफ्ले र आकाश बरालले संयुक्तरुपमा निर्देशन र पटकथा लेखेका हुन् ।

    ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्म्सको ब्यानरमा फिल्म निर्माण भएको हो । असोज १७ गते, दशैंको घटस्थापनामा फिल्म रिलिज हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार