Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • संसद भवन अगाडि प्रदर्शन गर्ने सात जना पक्राउ

    संसद भवन अगाडि प्रदर्शन गर्ने सात जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ३ असोज २०८१
  • 177
    SHARES

    काठमाडौं । बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    बिहीबार दिउँसो संसद भवन गेट अगाडिबाट ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।



    संसद भवनको ३ नम्बर गेट अगाडि प्रदर्शन गर्ने उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरू धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरू रहेको खुलेको छ ।

    पक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार