Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सडक दुर्घटनामा परी नेपाल प्रहरीका पूर्वसई बोगटीको निधन

    सडक दुर्घटनामा परी नेपाल प्रहरीका पूर्वसई बोगटीको निधन

    अनलाइन नेपाल
  • बिहिबार, ३ असोज २०८१
  • 1.6K
    SHARES

    धनगढी । देउडा प्रतिष्ठान धनगढीका अध्यक्ष तथा वरिष्ठ कलाकार दलबहादुर बोगटीको निधन भएको छ।

    सडक दुर्घटनामा परी घाईते भएका बोगटीको उपचारको क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा निधन भएको हो।



    भदौ ३१ गते राति हायसले ठक्कर दिँदा उनी घाइते भएका थिए ।



    धनगढी उपमहानगरपालिका–६ जालीमा ०१ ०००१ ज १५२८ नम्बरको हायसले उनलाई ठक्कर दिएको थियो।

    उनको टाउकोमा चोट लागेको थियो। ठक्कर दिने हायसका चालक प्रहरीको नियन्त्रणमा छन्।

    बोगटी नेपाल प्रहरीको अवकाश प्राप्त सईसमेत हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार