Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने सरकारको निर्णय

    वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, २ असोज २०८१
  • 129
    SHARES

    काठमाडौं । सरकारले हरेक वर्ष वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।

    बुधवार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ७ गतेलाई याक दिवसको रूपमा मनाउने निर्णय गरेको हो ।



    याक तथा चौरीको संरक्षण सम्वर्द्धन एंव राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय याक दिवस घोषणा गरी मनाउने निर्णय गरिएको बताइएको छ ।



    याक दिवसको घोषणाले याक जन्य वस्तुहरूको गुणस्तरीयतामा वृद्धि भई राष्ट्रिय आय वृद्धिमा योगदान दिन सक्ने र याक तथा चौरीको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने र यसको संरक्षण, प्रवर्द्धन र विकासमा सघाउ पुग्ने विश्वास गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार