Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सरकारले गर्‍यो चारजना सचिवको जिम्मेवारी हेरफेर

    सरकारले गर्‍यो चारजना सचिवको जिम्मेवारी हेरफेर

    अनलाइन नेपाल
  • बुधबार, २ असोज २०८१
  • 465
    SHARES

    काठमाडौं । सरकारले चारजना सचिवको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरू कार्यरत रहेको मन्त्रालय हेरफेर गरेको हो ।

    स्रोतका अनुसार ऊर्जा मन्त्रालयको सचिवमा सुरेश आचार्यलाई ल्याइएको छ भने ऊर्जामा रहेका गोपाल प्रसाद सिग्देललाई जल तथा ऊर्जा आयोगमा पठाइएको छ ।



    त्यस्तै वन मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्मालाई कृषि मन्त्रालय पठाइएको छ भने कृषिका सचिव दीपक कुमार खरेललाई वन मन्त्रालयमा ल्याइएको बताइएको छ ।



    साथै सरकारले सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने पनि निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार