Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सहकारी ठगी प्रकरणको प्रतिवेदन मन्त्रिपरिषद्‌बाट पारित, कार्यान्वयनको बाटो खुल्यो

    सहकारी ठगी प्रकरणको प्रतिवेदन मन्त्रिपरिषद्‌बाट पारित, कार्यान्वयनको बाटो खुल्यो

    अनलाइन नेपाल
  • बुधबार, २ असोज २०८१
  • 366
    SHARES

    काठमाडौं । सरकारले सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संसदीय छानबिन समितिले तयार पारेको सहकारीसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो ।



    अब प्रतिवेदन भूमि व्यवस्था तथा सहकारी, अर्थ मन्त्रालयसहितका निकायमा जाने छ ।



    प्रतिवेदन पारित भएसँगै अब कार्यान्वयनको बाटो खुलेको छ । छानबिन समितिका सभापति सूर्य थापाले भदौ ३१ गते संसद्‌मा प्रतिवेदन पेस गरेका थिए ।

    संसदीय विशेष समितिले सूर्यदर्शन, सुप्रिम लगायतका सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकालेको थियो ।

    समितिले पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेसहित जीबी राई, कुमार रम्तेल र र छविलाल जोशीलाई पनि कारबाही गर्न सिफारिस गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार