Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

    मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

    अनलाइन नेपाल
  • बुधबार, २ असोज २०८१
  • 132
    SHARES

    काठमतडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसिरहेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसिरहेको हो । बैठकमा मन्त्रीहरूका साथै मुख्य सचिव एकनारायण अर्याल उपस्थित छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवा भने बैठकमा सहभागी छैनन्।



    मन्त्री राणा सोमबार साँझ क्यानाडा प्रस्थान गरिसकेकी छन् । क्यानाडाको टोरन्टोमा यही सेप्टेम्बर १९ र २० मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् । उनी त्यतैबाट अमेरिका जानेछिन्।



    नियमित बैठक बिहीबार बस्ने तालिका भए पनि भोलि संविधान दिवस तथा पर्सि प्रधानमन्त्रीको विदेश भ्रमण भएका कारण बुधबार नै बसेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार