Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सडक बन्द गरेर ‘नेसनल डे कन्सर्ट’ का लागि दरबारमार्गमा स्टेज बनाइँदै

    सडक बन्द गरेर ‘नेसनल डे कन्सर्ट’ का लागि दरबारमार्गमा स्टेज बनाइँदै

    अनलाइन नेपाल
  • बुधबार, २ असोज २०८१
  • 177
    SHARES

    काठमाडौं । संविधान दिवसको दिन दरबारमार्गमा हुने ‘नेसनल डे कन्सर्ट’ का लागि स्टेज बनाइँदैछ।

    भोलि हुने कन्सर्टको लागि तयारी सुरु भएसँगै सो क्षेत्रमा सडक बन्द गरेर स्टेज बनाउन लागिएको हो ।



    केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेटतर्फ जाने सवारी साधनहरूलाई जमलतर्फ, जय नेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरूलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरूलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ।



    सरकारले असोज ३ गतेको संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडिखेलमा आयोजना गर्ने र सोही दिन साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार