Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • मलेसियाको जेलमा १४१ नेपाली, ६ जनालाई जन्मकैद

    मलेसियाको जेलमा १४१ नेपाली, ६ जनालाई जन्मकैद

    अनलाइन नेपाल
  • बुधबार, २ असोज २०८१
  • 108
    SHARES

    काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका १ सय ४१ जना नेपाली अहिले पनि विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका छन् ।

    केही कमाउने र परिवारलाई सुख दिने सपना बोकेर त्यहाँ पुगेका उनीहरू विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका हुन् ।



    मलेसियाको पेनाल कोर्टमा ४२ जना नेपाली रहेका छन् । बलात्कार, झैझगडालगायतका मुद्दा उनीहरूमाथि लागेको हो ।



    १५ जनालाई ज्यान मार्ने उद्योगअन्तर्गतको मुद्दा लागेको छ भने ५७ जनालाई इमिग्रेसन कानुन उल्लंघन गरेको आरोप लागेको मलेसियास्थित नेपाली दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी बलिरामप्रसाद धामीले जानकारी दिए ।

    अन्य २१ जना विभिन्न मुद्दामा जेल परेका छन् । यस्तै, ६ जनालाई आजीवन जेल अर्थात् जन्मकैदको फैसला भएर आएको प्रथम सचिव तथा सूचना अधिकारी धामीले राजधानीलाई बताए ।

    आर्थिक वर्ष २०८०–८१ मा मलेसियाको जेलमा ४ सय ८१ नेपाली रहेकामा त्यो संख्या घटेर साउन अन्तिमसम्म आइपुग्दा १ सय ४१ मात्र रहेको सचिव धामीले बताए । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार