Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • नागरिकता वितरण कार्यविधि अभावमा समस्या झेल्दै नागरिक

    नागरिकता वितरण कार्यविधि अभावमा समस्या झेल्दै नागरिक

    अनलाइन नेपाल
  • बुधबार, २ असोज २०८१
  • 51
    SHARES

    फाइल फोटो

    काठमाडौं । कुनै पनि नेपालीले नागरिकता पाउनबाट वञ्चित हुनुनपर्ने स्थिति संविधानले सुनिश्चित गरे पनि व्यवहारमा भने त्यस्तो अवस्था पूर्ण रूपमा अन्त्य नभएको पाइएको छ ।

    कानुनी अस्पष्टता, त्यस अवस्थामा नागरिकता दिने कार्यमा खटिएका कर्मचारीहरूको फरकफरक बुझाइले गर्दा नागरिकता नपाउने स्थिति रहेको हो ।



    त्यस्तै, नागरिकता लिनको तोकिएको कागजातमध्ये कुनै एक नहुने र अरू कागजातले आवश्यक विवरण राम्ररी खुले पनि व्यवहारमा नागरिकता नपाउने स्थिति रहेको पाइएको छ ।



    संविधानको धारा १० मा कुनै पनि नेपाली नागरिकतालाई नागरिकता प्राप्त गर्न हकबाट वञ्चित गरिने छैन भनिएको छ तर पनि कानुन र व्यवहारबीचको खाडलले गर्दा विभिन्न अवस्थामा नागरिकले नागरिकता नपाउने स्थिति रहेको छ ।

    संविधानबमोजिम नागरिकतासम्बन्धी ऐन र नियमावली आएको एक वर्ष बितिसक्दा पनि नागरिकता नपाएर अनेक पीडा भोग्नुपरिहेका नागरिकहरूको कमी छैन । नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार