Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • आईसीसी विश्वकप लिग–२ मा आज ओमानसँग खेल्दै नेपाल

    आईसीसी विश्वकप लिग–२ मा आज ओमानसँग खेल्दै नेपाल

    अनलाइन नेपाल
  • बुधबार, २ असोज २०८१
  • 150
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ ।

    क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे शुरू हुनेछ ।



    यसअघि नेपाल आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भएको थियो ।



    क्यानडा नौ खेलमा पाँच जित र चार हारका साथ १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । नेपाल पाँच खेलमा एक जित र चार हारका साथ २ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ ।

    ओमान ४ खेलमा १ जीत र २ हारका साथ ३ अङ्कसहित छैटौँ स्थानमा छ । नेदरल्यान्ड्स आठ खेलमा १२ अङ्कका साथ शीर्ष स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार