Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सञ्चारमन्त्री गुरुङको प्रस्ताव – ७५३ वटा सरकार चाहिँदैन, जिल्ला समन्वय समिति खारेज गरौं

    सञ्चारमन्त्री गुरुङको प्रस्ताव – ७५३ वटा सरकार चाहिँदैन, जिल्ला समन्वय समिति खारेज गरौं

    अनलाइन नेपाल
  • मंगलबार, १ असोज २०८१
  • 396
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधन गर्दा जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने बताएका छन्।

    ‘संविधान कार्यान्वयनको अनुभव र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन् ।



    उनले संविधान संशोधनको पहिलो नम्बरमा जिसस खारेज राख्नुपर्ने बताए।



    सञ्चारमन्त्री गुरुङले भने,’जिल्ला समन्वय समिति खारेजको एक नम्बरमा पर्नुपर्छ, एक प्रतिशत पनि काम छैन । किन ल्याएको हो ? कसरी ल्याएको हो ? थाहा छैन।मलाई लागेको के हो भने ७५३ वटा सरकार चाहिँदैन । यो संविधानलाई बदनाम गर्ने, काम गरेन, धेरै खर्चिलो भयो भन्ने कुरा यसैले ल्याइराखेको छ ।’

    उनले प्रदेश सरकार कमजोर बनाउन स्थानीय सरकारको अवधारणा सुरु भएको दाबी समेत गरे । सञ्चारमन्त्री गुरुङले ७५३ वटा स्थानीय सरकार पनि आवश्यक नभएको टिप्पणी गरे ।

    वडामा एक–एकजना र पालिका अध्यक्ष र उपाध्यक्षले सेवा प्रवाह गर्न सक्ने उनको भनाइ छ । उनले कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा पालिकाको योगदान नभएको समेत जिकिर गरे ।

    सात प्रदेश सरकारलाई बलियो बनाएर जानुपर्ने सञ्चारमन्त्री गुरुङको भनाइ छ । पालिकाको अनुगमनको जिम्मा प्रदेशलाई दिँदा उपयुक्त हुने उनले दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार