Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • यो वर्ष २ करोडभन्दा बढीले घट्यो रास्वपाको आम्दानी

    यो वर्ष २ करोडभन्दा बढीले घट्यो रास्वपाको आम्दानी

    अनलाइन नेपाल
  • मंगलबार, १ असोज २०८१
  • 246
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक वर्षमा कुल ३ करोड ४० लाख भन्दा बढी आम्दानी गरेको छ ।

    आजदेखि राजधानीमा सुरु भएको राष्ट्रिय भेलामा कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेस गर्दै सो जानकारी दिएकी हुन् ।



    सदस्यता शुल्क, चन्दा तथा सहयोग, प्रकाशन बिक्री, ब्याज आय र अन्य गरी रास्वपाले आर्थिक वर्ष २०८०/०८१ मा ३ करोड ४० लाख ३१ हजार ६३४ रुपैयाँ आम्दानी गरेको छ।



    दस्यता शुल्कबाट १ करोड ५१ लाख ५४ हजार ५०२ रुपैयाँ, चन्दाबाट १ करोड ११ लाख ३४ हजार ९०९, लेभीबाट ७७ लाख १८ हजार ३३३, ब्याज आयबाट १६ हजार १८९ र अन्य शीर्षकबाट ७ हजार ७०० रुपैयाँ आम्दानी भएको छ ।

    सो पार्टीले आर्थिक वर्ष २०७८/०७९ मा ४ लाख १० हजार १० रुपैयाँ र अघिल्लो आर्थिक वर्षमा ६ करोड १२ लाख ४४ हजार आम्दानी गरेको थियो ।

    राष्ट्रिय भेलामा प्रस्तुत गरिएको आयव्यव विरणमा गत वर्षभन्दा आम्दानी घटेको देखाइएको छ।

    यस वर्षको आम्दानी अघिल्लो वर्षको तुलनामा २ करोड ७२ लाख १२ हजार ९३९ रुपैयाँले घटेको देखाइएको छ।

    यद्यपि यस वर्षको आयव्ययको लेखापरीक्षण भने हुन बाँकी रहेको रास्वपाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार