Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • भोटेकोशीमा खसेको गाडीका चालकको शव सुनकोशीमा भेटियो

    भोटेकोशीमा खसेको गाडीका चालकको शव सुनकोशीमा भेटियो

    अनलाइन नेपाल
  • मंगलबार, १ असोज २०८१
  • 162
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भोटेकोशी नदीमा बेपत्ता भएका बोलेरो चालकको शव फेला परेको छ ।

    शसस्त्र प्रहरीका अनुसार गत भदौ २८ गते बोलेरो गाडी खसेपछि बेपत्ता भएका चालकको शव सोमवार भेटिएसँगै पहिचान पनि खुलेको हो ।



    शव भेटिएका व्यक्ति सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ का ३५ वर्षीय सानु तामाङ रहेको उनका छोराले पुष्टि गरेको शसस्त्र प्रहरीले जनाएको छ ।



    सिन्धुलीको फिक्कल गाउँपालिका ६ सोखुखोलास्थित सुनकोशी नदिबाट वि।व्य।बेश खुर्कोटको सप्रनिको ४ जना गोताखोरसहित ९ जनाको टोली बेपत्ता तामाङको खोजीमा खटिएका थिए।

    भदौ २८ मा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ६ ढुंगाखानीस्थित भोटेकोशी नदिमा बोलेरो गाडी खसेपछि तामाङ बेपत्ता भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार