Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • स्कुटर चोरीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ

    स्कुटर चोरीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ३१ भाद्र २०८१
  • 117
    SHARES

    काठमाडौं । काठमाडौँको बाङ्गेमुढाबाट स्कुटर चोरीमा संलग्न रहेको आरोपमा एक जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

    शंकास्पद अवस्थामा बागमती प्रदेश ०२-०२५ प ८५३६ नम्बरको डियो स्कुटर चलाइरहेका काठमाडौ महानगरपालिका १८ रक्तकालीका २० वर्षीय रोहित शाहीलाईसोमबार दिउँसो ३ बजे ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।



    वास्तविक नम्बर प्रदेश (०३(०२(०१५ प ०५३६ रहेको स्कुटर काठमाडौँको ठमेलबाट हराएको भनि सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ३ बस्ने सत्कार न्यौपानेले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त लैनचौर सोह्रखुट्टे पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार