Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सहकारी ठगीमा रविलाई कारबाही गर्न संसदीय समितिको सिफारिस

    सहकारी ठगीमा रविलाई कारबाही गर्न संसदीय समितिको सिफारिस

    अनलाइन नेपाल
  • सोमबार, ३१ भाद्र २०८१
  • 231
    SHARES

    काठमाडौं । सहकारी संस्था बचत रकम दुरूपयोग छानबिन गर्न गठित समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।

    समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित चार जनालाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको हो ।



    समितिले सूर्यदर्शन सहकारीसहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकालेको छ ।



    लामिछानेले गोर्खा मिडियाकै नाममा जारी भएको चेकमा हस्ताक्षर गरेर तलब एवं कार्यालय सञ्चालनका लागि पैसा निकासा गराएको पाइएको छ ।

    २१ वटा चेकमध्ये एउटामा अध्यक्ष जीबी राईबाहेक अन्य सबैमा लामिछानेकै हस्ताक्षर गरेको समितिले भेट्टाएको छ। ८३ अर्ब अवैध कारोबारमध्ये ८५ करोड गोर्खा मिडिया नेटवर्कमा गएको तथ्य समितिले फेला पारेको छ ।

    गोर्खा मिडियाले १० करोड मात्रै आम्दानी गरेपनि बाँकी रकम सहकारीबाटै आएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

    समितिले कुनै पनि कम्पनीका सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न नमिल्ने पनि प्रस्ट पारेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार