Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • प्रधानमन्त्री ओलीले भने – हामी असल छिमेकीको सम्बन्ध राख्न चाहन्छौं, छुद्र र जाली होइन

    प्रधानमन्त्री ओलीले भने – हामी असल छिमेकीको सम्बन्ध राख्न चाहन्छौं, छुद्र र जाली होइन

    अनलाइन नेपाल
  • सोमबार, ३१ भाद्र २०८१
  • 333
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले कुनै पनि हस्तक्षेप स्वीकार नगर्ने बताएका छन् ।

    राष्ट्र संघीय महासभामा भाग लिन जानुअघि प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।



    प्रधानमन्त्री ओलीले नेपालले असल छिमेकीको सम्बन्ध राख्न चाहेको र अरूबाट पनि त्यही खोजेको बताए।



    प्रधानमन्त्री ओलीले भने,‘असल छिमेकीका रूपमा छिमेक सबन्ध राख्न चाहन्छौं । छुद्र र जाली होइन , छिमेकीको अहित होइन हित चिताउने हिसाबले अघि बढ्न चाहन्छौं । त्यस्तै व्यवहार छिमेकबाट पनि चाहन्छौं ।’

    नेपालको कसैसँग शत्रुता नभएको भन्दै उनले मित्रभावले सधैं अगाडि बढ्ने बताए । नेपाली लोकतन्त्रको प्रतिवद्धता पनि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने ओलीले बताए ।

    राष्ट्रका समस्या, चुनौती, अभिभारामा केन्द्रित भएर छलफल गरिने प्रधानमन्त्री ओलीले बताए । ​​फ्युचर समिटमा मानव जाति र धर्तीको सुरक्षा गर्ने भन्नेमा छलफल हुने प्रधानमन्त्री ओलीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार