Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • सहकारी ठगी प्रकरण

    कांग्रेस उपसभापति गुरुङमाथि अनुसन्धान गर्न संसदीय समितिको सिफारिस

    कांग्रेस उपसभापति गुरुङमाथि अनुसन्धान गर्न संसदीय समितिको सिफारिस

    अनलाइन नेपाल
  • सोमबार, ३१ भाद्र २०८१
  • 384
    SHARES

    काठमाडौं । सहकारी छानबिन सम्बन्धी संसदीय विशेष समितिले कांग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ।

    कांग्रेस उपसभापति गुरुङ सहकारीको रकम अपचलनमा संलग्न रहेको कागजातहरूले देखाएको संसदीय छानबिन विशेष समितिले जनाएको हो।



    समितिले तयार पारेको प्रतिवेदनमा ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा गुरुङ र उनकी श्रीमती ज्योति गुरुङको संलग्नता रहेको पाइएको छ।



    समितिले छानबिन गरिरहेका बेला सहकारी मितेरी सहकारी संस्थाका सञ्चालकबाटै उजुरी परेपछि संसदीय छानबिन विशेष समितिले सहकारीको स्थलगत अध्ययन गरेको थियो ।

    उनीमाथि पनि अनुसन्धान गर्न समितिले राज्यका निकायलाई लेखी पठाउने भनेर समितिमा सहमति भएको छ। संसदीय समितिले आफ्नो प्रतिवेदन आज सभामुख घिमिरेलाई बुझाउन लागेको छ ।

    नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा बनेको समितिले सहकारीमा देखिएका समस्या सम्बन्धी अध्ययन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार