Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • जबर्जस्तीकरणी मुद्दाका अभियुक्त १० वर्षपछि पक्राउ

    जबर्जस्तीकरणी मुद्दाका अभियुक्त १० वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ३१ भाद्र २०८१
  • 87
    SHARES

    डोटी । डोटीमा जबर्जस्तीकरणी मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् ।

    दिपायल सिलगढी नगरपालिका-७ उडीतोला बस्ने ४७ वर्षीय रामबहादुर खड्कालाई १० वर्षपछि आइतबार पक्राउ गरिएको हो ।



    डोटी प्रहरीका अनुसार खड्कालाई जबरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय सुनाइएको थियो ।



    ३० साउन २०७२ देखि फरार रहेका खड्कालाई दिपायल सिलगढी नगरपालिका-७ सिलगढी-साफे सडकखण्डमा शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

    उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत डोटीमा पेस गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार