Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • दार्चुलाबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

    दार्चुलाबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ३१ भाद्र २०८१
  • 123
    SHARES

    फाइल तस्विर

    दार्चुला । दार्चुलामा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।

    जिल्लाको महाकाली नगरपालिका वडा नं. ४ खलंगास्थित विद्यानगरमा आइतबार राति गोप्य सूचनाका आधारमा प्रहरीले उक्त स्थानमा छापा मारेको थियो ।



    जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले छापाका क्रममा, ५७ वर्षीय गोबिन्द धानुकको घरको माथिल्लो तल्लामा लुकीछिपी जुवा खेलिरहेको अवस्थामा उनीसहित अन्य सात जनालाई पक्राउ गरिएको हो ।



    प्रहरीले घटनास्थलबाट नगद ९३ हजार २२० रुपैयाँ र १ गड्डी तास बरामद गरेको छ । पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै अनुसन्धान जारी राखेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार