Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • संसद्‌मा सम्बोधन गर्ने तयारीमा प्रधानमन्त्री ओली

    संसद्‌मा सम्बोधन गर्ने तयारीमा प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • सोमबार, ३१ भाद्र २०८१
  • 111
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्‌मा सम्बोधन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री भएपछि उनले विश्वासको मत माग्ने र प्रश्नोत्तरमा सहभागी हुने बाहेक पहिलोपटक समय लिएर सम्बोधन गर्न लागेका हुन् ।

    प्रधानमन्त्री ओली आउँदो असोज ४ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जानुअघि त्यसबारे संसद्लाई जानकारी गराउँदै समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।



    अधिवेशन अन्त्य, प्रधानमन्त्रीको सम्बोधनसहित आजको कार्यसूचीलगायत विषयमा छलफल गर्न आज मध्याह्न १२ः१५ मा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।



    प्रतिनिधिसभा बैठक चल्न दिन माओवादी केन्द्र सकारात्मक भएपछि प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेका हुन् ।

    आइतबारको बैठक माओवादी केन्द्रका सांसदहरुको विरोध कारण बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको थियो ।

    प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादी सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेपछि माओवादी सांसदहरुले त्यसमा विरोध जनाउँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार