Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • धनगढीमा मन्त्री खड्काले उद्घाटन गरे ‘स्मार्ट सडक बत्ती’, झिलीमिली बन्यो १० किमि सडक !

    धनगढीमा मन्त्री खड्काले उद्घाटन गरे ‘स्मार्ट सडक बत्ती’, झिलीमिली बन्यो १० किमि सडक !

    अनलाइन नेपाल
  • सोमबार, ३१ भाद्र २०८१
  • 732
    SHARES

    कैलाली । कैलालीको धनगढीमा थप १० किलोमिटरमा स्मार्ट सडक बत्ती जडान गरिएको छ । सो स्मार्ट सडक बत्तीको आइतबार सामाजिक विकासमन्त्री मेघराज खड्काले उद्घाटन गरेका हुन् ।

    धनगढीको मुख्य सडक र सहिद गेट क्याम्पस चोक सडकमा स्मार्ट सडक बत्तीको उद्घाटन गरिएको हो । योसँगै सहरी विकासले निर्माण गरेका सबै सडकमा सडक बत्ती जडान गरिएको छ ।



    यसअघि धनगढी उपमहानगरपालिकाको ६ लेन सडक र क्याम्पस चोक-मनेहरा सडक खण्डको जनआवाज चोकसम्म स्मार्ट सडक बत्ती बालिएको छ ।



    यो पटक ५५३ पोलमा स्मार्ट सडक बत्ती र १५ वटा हाइमास्ट लाइटको मन्त्री खड्काले स्वीच थिचेर उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री खड्काले धनगढी उपमहानगरपालिकाको कामको प्रशंसा गरेका थिए ।

    उनले स्थानीय सरकारले जनताका काम गर्न सके राम्रो प्रभाव पर्ने र प्रदेश सरकारले पनि जनमुखी काम गर्न उपमहानगरपालिकासँग मिलेर काम गर्ने बताए । कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकलाकुमारी राना, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी र सर्वसाधारणको उपस्थिति रहेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार