Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • फेरि घट्यो पेट्रोलियम पदार्थको मूल्य

    फेरि घट्यो पेट्रोलियम पदार्थको मूल्य

    अनलाइन नेपाल
  • आइतबार, ३० भाद्र २०८१
  • 2.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

    पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ घटाइएको छ । निगमका अनुसार, इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ ।



    मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५६.५० रुपैयाँ र डिजेलको मूल्य १४६.५० रुपैयाँ कायम भएको छ ।



    दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १५८ र डिजेलको मूल्य १४८ रुपैयाँ कायम भएको छ ।

    तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजेलको मूल्य १४९ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार