Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने सरकारको निर्णय

    संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, ३० भाद्र २०८१
  • 234
    SHARES

    काठमाडौं । सरकारले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

    सिंहदरबारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गते सोमबार राति १२ बजेदेखि संसदको चालू अधिवेशन अन्त्य गर्नेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।



    मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने व्यवस्था छ।



    त्यस्तै बैठकले निर्वाचन आयोगको सिफारिसमा आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार