Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • गिरिबन्धु र भुटानी शरणार्थीको अनुसन्धानपछि रातारात सरकार ढल्यो : प्रचण्ड

    गिरिबन्धु र भुटानी शरणार्थीको अनुसन्धानपछि रातारात सरकार ढल्यो : प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, ३० भाद्र २०८१
  • 138
    SHARES

    झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनको सुई बालकोट र बूढानीलकण्ठतिर सोझिएपछि सरकार ढलेको बताएका छन् ।

    झापामा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले गिरिबन्धु र नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्‍धानपछि रातारात आफ्नो सरकार ढालेको बताए।



    अनुसन्धानले बुढानिलकण्ठ र बालकोटतिर संकेत गरेपछि रातारात सरकार ढालेको उनको भनाई छ ।



    अध्यक्ष प्रचण्डले भने,‘नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरू जो खराब थिए। ती खराब अभियुक्तहरू गिरफ्तार गरिएपछि र गिरीबन्धु टी-इस्टेटको बारेमा अदालत समेतको फैसलाका आधारमा अगाडि बढ्ने जमर्को गर्दागर्दै खतराको घण्टी, मैले भनेको छु सुइ चाहि अब बुढानिलकण्ठ र बालकोटतिर सिधै सोझियो।’

    यसरी दुई ठूला दल मिलेर सरकार बनाउने घटना संसारमै सामान्य नभएको पनि उनले बताए।

    दुई जनालाई मात्रै गिरफ्तार गर्दा सिधै त्यसको तार बुढानिलकण्ठ र बालकोटतिर सोझिएपछि आफु नेतृत्वको सरकार ढलेको अध्यक्ष प्रचण्डले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार