Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • बालेनका प्रशासकीय अधिकृत आठ महिनामै फेरिए

    बालेनका प्रशासकीय अधिकृत आठ महिनामै फेरिए

    अनलाइन नेपाल
  • आइतबार, ३० भाद्र २०८१
  • 510
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आठ महिनामै फेरिएका छन् ।

    महानगरपालिकामा कार्यरत सहसचिव प्रदीप परियारलाई सञ्चार मन्त्रालयमा सरुवा गरिएको छ ।



    उनको स्थानमा उद्योग मन्त्रालयमा कार्यरत सरोज प्रसाद गुरागाईको सरुवा भएको छ ।



    युवा सहसचिव परियारलाई मेयर बालेन शाहले रुचाएका थिए । यद्यपी छोटो अवधिमै उनको सरुवा भएको छ । परियार गत माघमा महानगरपालिकामा हाजिर भएका थिए ।

    मन्त्रिपरिषद्को बैठकले ४० सहसचिवको सरुवा गर्दा महानगरपालिकाका प्रशासकीय अधिकृत पनि फेरिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार