Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • संविधान संशोधनको नेतृत्व कांग्रेसले नै लिनुपर्छ : महामन्त्री शर्मा

    संविधान संशोधनको नेतृत्व कांग्रेसले नै लिनुपर्छ : महामन्त्री शर्मा

    अनलाइन नेपाल
  • आइतबार, ३० भाद्र २०८१
  • 132
    SHARES

    हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक स्थिरताका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

    स्थानीय तह समन्वय विभागले हेटौँडामा गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्।



    महामन्त्री शर्माले संविधान संसोधन मुलुकमा राजनीतिक स्थिरता कायम राख्नका लागि गरिने बताए ।



    उनले संविधान संशोधनको नेतृत्व नेपाली कांग्रेसले नै लिनुपर्ने बताए ।

    महामन्त्री शर्माले भने, ‘मुलुकमा ठूला/ठूला राजनीतिक परिवर्तन कांग्रेसकै नेतृत्वमा भएका छन् । अब मुलुकको रुपान्तरणको जिम्मेवारी पनि कांग्रेसले नै लिनुपर्छ ।’

    महामन्त्री शर्माले नयाँ राजनीतिक दलहरूले समेत जनताको चाहनाबमोजिम काम गर्ने लय नसमातेको भन्दै कांग्रेस नै नागरिकको सबैभन्दा विश्वासिलो साथी भएको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार