Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरिने ,भोलीबाट के–के खुल्ने ?(आदेशसहित)

    काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरिने ,भोलीबाट के–के खुल्ने ?(आदेशसहित)

    अनलाइन नेपाल
  • बुधबार, २४ भाद्र २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचना अनुसार भोलीदेखि १६ सिट क्षमता भएका सवारी साधन, ट्याक्सी, निजि सवारी साधन चल्ने छन् ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई थप खुकुलो बनाइएको बताए । अब सर्वसाधारण आफैं पनि सचेत हुनुपर्ने र सामाजिक दूरी कायम गर्नुपर्ने उनकाे भनाइ छ । प्रमुख जिल्ला अधिकारी  दाहालद्वारा जारी गरिएको आदेश अनुसार भोलीदेखि फूटपाथमा फलफूल तरकारी, ठेलागाडासम्म खुल्ने छन् । खाद्यान्न तथा फलफूल पसल भने बार अनुसार चल्नेछन् । त्यस्तै काठमाडौंमा सपिङ मल, फेन्सी स्टोर, जुत्ता पसल लगायत भने सोमबार बुधबार र शनिबार खुल्नेछन् ।





    उपत्यकामा निषेधाज्ञा खुकुलाे भएसँगै सवारीसाधन सञ्‍चालनमा जोर-बिजोर प्रणाली लागु हुने बताइएकाे छ । तर काठमाडौं उपत्यका प्रवेशमा  भने कडाइ गरिने छ । उपत्यकामा तेस्रोपटक थपिएको निषेधाज्ञाको समयसीमा बुधबार मध्यरात १२ बजे सकिँदै छ ।

    कुनकुन क्षेत्र कसरी खुला गर्ने भन्ने केहीबेरमा सूचना प्रकाशित हुनेछ । अनुसार निजी सबै र सार्वजनिकको हकमा १६ भन्दाबढी सिट भएका सवारी साधन जोर विजोर प्रणालीमा चल्नेछ । भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्रमा ५ बर्षमुनिका बालबालिका २ जनासम्म राखी चलाउन सकिनेछ । यो सातापछि भने कोरोना संक्रमणको अवस्था हेरेर निषेधाज्ञाबारे पुनर्विचार गर्न सकिने वताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार