Online Nepal
  • आइतबार, २० असोज २०८१
  • रास्वपाले सदनबाट फायर खोलेपछि उपसभामुखको राजीनामा मागेका हौँ : महेश बर्तौला

    रास्वपाले सदनबाट फायर खोलेपछि उपसभामुखको राजीनामा मागेका हौँ : महेश बर्तौला

    अनलाइन नेपाल
  • आइतबार, ३० भाद्र २०८१
  • 336
    SHARES

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले नै उपसभामुख प्रकरण गिजोलेको आरोप लगाएका छन्।

    सभामुखसहित दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि बोल्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताएका हुन्।



    उनले उपसभामुख इन्दिरा रानाले कमजोरी गरेको रास्वपाले पनि स्वीकार गरिसकेको बताए ।



    प्रमुख सचेतक बर्तौलाले सत्ता गठबन्धनको बैठकमा आफूहरूले अमेरिका जानका लागि अन्तरवार्ताको मिति सार्ने उपसभामुखको पत्रबारे छलफल गरेको तर विषयलाई उछाल्ने कुनै तयारी नगरेको पनि स्पष्ट पारे।

    तर‚ बन्द कोठामा भएको निष्कर्ष नै ननिकालिएको छलफलबारे संसद् बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित अभिव्यक्ति दिएपछि आफूहरूले राजीनामा माग्न बाध्य भएको प्रमुख सचेतक बर्तौलाले बताए।

    उनले उपसभामुखको कमजोरी भएकोले उनलाई बोक्ने कि नबोक्ने भन्ने प्रश्न उठेको बताए । तर, सत्तापक्षमा निचोडमा नपुगिसकेको प्रमुख सचेतक बर्तौलाको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार