Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • त्रिशूली किनारमा खसेको ट्रकबाट आधा कार्टुन तेल गायब

    त्रिशूली किनारमा खसेको ट्रकबाट आधा कार्टुन तेल गायब

    अनलाइन नेपाल
  • आइतबार, ३० भाद्र २०८१
  • 318
    SHARES

    चितवन ।त्रिशूली किनारमा खसेको ट्रकबाट आधा कार्टुन तेल गायब भएकको भेटिएको छ।

    भैरहवाबाट काठमाडौं जाँदै गरेको ट्रक नारायणघाट-मुग्लिन सडकअन्तर्गत चितवनको २५ किलोस्थित नदी किनारमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।



    ना ६ ख ६२८३ नम्बरको ट्रकमा २२२५ वटा कार्टुन सनफ्लावर तेल बोकेको बिल भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।



    ट्रकबाट लोड गरिएको तेलको बिलमा चालकको नम्बर र पुर्‍याउनुपर्ने ठाउँसमेतको नम्बर भेटिएको छ। तेल भदौ २८ गते भैरहवामा लोड भएको थियो।

    तर आइतबार दुर्घटनाग्रस्त अवस्थामा भेटिँदा ट्रक भित्र आधा तेल गायब भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार