Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • बलात्कार मुद्दाका कैदी अस्पतालबाटै फरार

    बलात्कार मुद्दाका कैदी अस्पतालबाटै फरार

    अनलाइन नेपाल
  • आइतबार, ३० भाद्र २०८१
  • 252
    SHARES

    फाइल तस्विर

    झापा । जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएका छन्।

    भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आज बिहान २४ वर्षीय जीवन साह फरार भएका हुन् ।



    त्यहाँ उपचाररत साहलाई अस्पतालको शौचालय लगिएकामा शौचालयबाटै उनी फरार भएको प्रहरीले जनाएको छ।



    छातीमा समस्या भएपछि भद्रपुर नगरपालिका–५ घर भएका साहलाई यही भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो ।

    त्यहाँबाट थप उपचारका लागि ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो। फरार कैदी साहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार